दफा ७५
धरौटी जफत हुने
(१) यस परिच्छेद बमोजिम धरौट राख्ने ब्यक्ति अदालत समक्ष तोकिएको तारेखमा उपस्थित नभएमा निजले राखेको धरौटी जफत हुनेछ ।
(२) यस परिच्छेद बमोजिम राखिएको धरौटी अचल सम्पत्ति रहेछ भने त्यस्तो ब्यक्तिले बुझाउनु पर्ने रकम बराबरको सम्पत्ति बिक्री वा असूल गरी अरु सम्पत्ति निजलाई फिर्ता गर्नु पर्नेछ ।